सामूहिक बाह्रा सम्पन्न
उदाय् समाजको मुख्य कार्यक्रम अन्तर्गत स–साना नेवाः कन्या छोरीहरुको सामूहिक बाह्रा तयेगु कार्यक्रम ने.सं. ११३३ मा शुरु गरी हालसम्म निरन्तररुपमा संचालन रहेको छ ।

यसै अन्तर्गत ने.सं. ११४५ जेठ २५ गते पनि ७ नेवाः कन्या छोरीहरुको सामूहिक बाह्रा तयेगु कार्यक्रम सम्पन्न भएको छ ।
उदाय समाजका नायः डा. रुपज्योती कसाःद्वारा बाह्रा तयेगु कार्यक्रममा सहभागी नेवः कन्या छोरीहरुलाई सहभागिताको प्रमाण पत्र पनि वितरण गरिएको थियो ।

गुरुजु नितेश बज्राचार्यद्वारा तान्त्रिक पूजा सहित बाह्रा तयेगु कार्यक्रमका सम्पूर्ण पूजा सम्पन्न गरिएको थियो भने गुरुमाजु र समाजका सदस्यहरुले सहयोग गरेका थिए ।