कलामहानगर समाचारसमाचारसंस्कृति

प्रथम महिला धां गुँला बाजा प्रदर्शन सम्पन्न

काठमाडौं। साउन ३१,, गुँला पर्वको अवसरमा पहिलोपटक ‘न्हापांगु मिसा गुँला बाजं ब्वज्या’प्रथम महिला धां बाजा( गुंला) बाजा प्रदर्शन काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १८ को आयोजना र ङततुलाधर समिति गुँला बाजं उपसमितिले व्यवस्थापन गरेको थियो।

कार्यक्रममा सभापतित्व कामपा–१८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनले गर्नुभएको थियाे भने कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोलबाट गर्नु भएको हो।

कार्यक्रममा पूर्व मेयर विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

प्रदर्शनीमा कुल १२ वटा महिला बाजा समूहले सहभागिता जनाएका छ्न।प्रत्येक समूहलाई १०–१० मिनेट समय दिइएको थियो।

प्रस्तुतिमा धाः बाजा, बाँसुरी बाजा, भुस्या, छुस्या, ताः, नायोखिं बाजा लगायतका परम्परागत बाजाहरू बजाइएका थिए भने परम्परागत भेषभुषामा सजिएका थिए।





Leave a Reply

Your email address will not be published. Required fields are marked *