उदाय् समाज मिसा पुचःको अध्यक्षमा कीर्ति तुलाधर
२८ जेठ २०८२, सुगत रत्न सिन्दुराकार, काठमाडौं
नेपालमण्डलका उदाय समाजका ९ खलः पुचःका सदस्यहरुको वृहत छलफलबाट उदाय् समाज मिसा पुचःको नयाँ नेतृत्व चयन गरिएको छ ।
हिजो ने.सं. ११४५ तछलाथ्व चर्तुदशी २०८२ साल जेठ २७ गते मंगलबारका दिन उदाय् समाजका महिलाहरु बिच सद्भाव कायम गरी उनीहरुलाई सक्रिय बनाई राख्न कीर्ति तुलाधरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ ।
अध्यक्षमा कीर्ति तुलाधर, उपाध्यक्षमा डा. सुमन कमल तुलाधर, महासचिवमा प्रफुल्ल कमल ताम्राकार, सचिवमा अञ्जला स्थापित, कोषाध्यक्षमा रसवन्धि कसाः, सह–कोषाध्यक्षमा सुमन प्रभा तुलाधर चयन गरिएको उक्त पुचःमा विभिन्न खुलःपुचःका प्रतिनिधि ३२ जना सदस्यमा चयन गरिएको छ ।
उदाय् समाज मिसा पुचःको नयाँ कार्य समितिका पदाधिकारीहरुले आफ्नो पदीय दायित्वलाई मूर्तरुप दिने बताउँदै यसरी उदाय् मिसाः पुचः स्थापना गरी रचनात्पक क्रियाकलापबाट समाजमा रुपान्तरण ल्याउन उदाय् महिलाको महत्वपूर्ण दायित्व रहेकोले उदाय् महिलाहरुलाई अग्रस्थान दिई उदाय् मिसा पुचःको अवधारणा अघि सारी गठन गरिएको बताइएको छ ।