साहित्य

संघर्ष

– उत्तम मानन्धर
एउटा राउटेको बच्चा
जो तिम्रो भाषा जान्दैन
तिमी उसको भासा बुझ्दैनौ
तिमी भन्छौ
मैले जस्तै बोल्न सिक
राम्रो लाउन पाउँछौं
अनि मिठो खाना पाउँछौं !

बिचरा,
संघर्ष गर्दै
तिम्रो भाषा सिक्दैछ
एक छाक खान
राम्रो लाउन
तिमी जस्तै बन्न
अर्को तिर
चिन्ता छ उन लाई
आफ्नै सन्ततिले
आफ्नै भासा
धर्म संस्कृति विर्सेला भन्ने !

यस्तै संघर्षमा
सकियो बालपन
सकियो जवानी
रह्यो बुढेस काल
तर
उ आज पनि भोकै छ ।
नांगै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *