कलामहानगर समाचारसमाचारस्थानिय समाचार

युथ कर्नर क्लबद्वारा आयोजित छैठौ विद्यालयस्तरीय बृहत चित्रकला प्रतियोगिता २०८२ सम्पन्न

२५ जेठ २०८२, काठमाडाैं ।
युथ कर्नर क्लब, गोफलको आयोजनामा तथा कामपाको सहयोगमा हिजो छैठौं विद्यालयस्तरीय बृहत चित्रकला प्रतियोगिता २०८२ सम्पन्न भयो ।
कक्षा १ देखि ३ सम्मको लागि विना शिर्षक प्रतियोगिता भएको थियो भने कक्षा ४ देखि ६ सम्मको लागि मेरो नजरमा नेपालको प्रकृती, त्यस्तै कक्षा ७ देखि ९ सम्मको लागि संस्कृति र हाम्रो जीवन शिर्षक थियो भने कक्षा १० देखि १२ सम्मको लागि नेपालका विश्व सम्पदाहरु शीर्षकमा प्रतियोगिता भएको थियो ।
कक्षा १० देखि १२ सम्मको लागि नेपालका विश्व सम्पदाहरु शीर्षकमा रिपूमर्दिनी शैनिक महाविद्यालयका युनिषा मल्ल प्रथम, कौशल इङ्गलिस स्कूलका आयूष ओस्ती द्वितीय, सरस्वती निकेन मा.वि.का शुष्मा श्रेष्ठ तृतीय भए भने नेपाल एपिएफ स्कूलका समिक महर्जनले सान्त्वना पुरस्कार पाए ।
कक्षा ७ देखि ९ सम्मको लागि संस्कृति र हाम्रो जीवन शीर्षकमा युनाइटेड स्कूलका लिरिसा सिंह सुवाल प्रथम, कौशल इङ्गलिस स्कूलका सुजल कदारिया द्वितीय, ज्ञानकुञ्ज हायर सेकेण्डरी स्कूलका सुनेना महर्जन तृतीय भए भने विश्व निकेतन सेकेण्डरी स्कूलका सन्तोषी मंडलले सान्त्वना पुरस्कार पाए ।
कक्षा ४ देखि ६ सम्म मेरो नजरमा नेपालको प्रकृति शीर्षकमा ज्ञानकुञ्ज हायर सेकेण्डरी स्कूलका प्रभाकर शर्मा प्रथम, मेघा पब्लिक स्कूलका अनुषा तामाङ द्धितीय, कौशल इङ्गलिस स्कूलका नावङ्ग रावत तृतीय भए भने सान्त्वना पुरस्कार ज्ञानकुञ्ज हायर सेकेण्डरी स्कूलका सन्ध्या कुमारी प्रजापति पाए ।
त्यस्तै बिना शिर्षकको कक्षा १ देखि ३ सम्मको चित्रकला प्रतियोगिता कौशल इङ्गलिस स्कूलका उगम अधिकारी प्रथम, सृजना ज्ञानसागरका प्रिन्सु सिमखडा द्वितीय, सृजना ज्ञानसागरकै दियाना तामाङ्ग तृतीय भए भने सान्त्वना पुरस्कार मेघा पब्लिकका रेश्मा तामाङ्गले पाए ।
प्रतियोगितामा उपत्यकाका ९० विद्यालयका ४२१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार विजेता प्रतियोगीहरुलाई हिजै एक कार्यक्रममा का.म.पा. २० का वडाध्यक्ष उदय चुडामणी बज्राचार्यको प्रमुख आतिथ्यतामा शिल्ड, नगद पुरस्कार र प्रमाण पत्र वितरण गरियो ।
क्लबका अध्यक्ष रवि शाक्यको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्य लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *