कामपा २० द्वारा आयोजित खुल्ला टेबुल टेनिस प्रतियोगितामा सार्थक प्रथम
२४ जेठ २०८२, काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं. २० को आयोजनामा खुल्ला टेबुल टेनिस प्रतियोगिता हिजो शान्ति निकुञ्ज मा.वि. परिसरमा सम्पन्न भयो ।
महिला नेतृ सृजना सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा सार्थक मानन्धर प्रथम भए भने अमिताभ शाक्य द्वितीय तथा रुपेश शाक्य र निलेश डंगोल तृतीय भए ।
काठमाडौं महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र फेयर प्लेका खेलाडीहरुलाई शिल्ड, कप, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त प्रतियोगितामा कामपाका वडाहरु क्रमशः १२, १९, २०, २१, २३ र २४ वडाका २६ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।