नारायण परिवार क्लबले स्वर्ण जयन्ती मनायो
१८ साउन २०८२, काठमाडौं ।
का.म.पा. १२ वडामा रहेको नारायण परिवार क्लबको स्वर्ण जयन्ती विविध कार्यक्रम सहित गत शुक्रबार उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा यहाँ सम्पन्न भयो ।
क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्लबको स्वर्ण जयन्तीको अवसरमा प्रकाशित स्मारिकाको विमोचन पनि गरिएको थियो ।
कार्यक्रमममा विशेष अतिथिको रुपमा संघीय सांसद तथा पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठ, महानगरपालिकाका उपमेयर सुनिता डंगोल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, बागमती प्रदेशका सभासद समिता खड्गी एवं सरिता शाही, कामपाका पूर्व मेयर विद्या सुन्दर शाक्य, १२ वडाका सदस्य पुष्परत्न प्रजापति, ज्यापु महागुथी नेपालका अध्यक्ष सत्यनारायण डंगोल, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण महर्जन, महिला बौद्ध समूहका अध्यक्ष श्रीमिला सुवाल लगायतले स्वागत मन्तव्यको क्रममा क्लबको उत्तरोत्तर प्रगतीका कामना गरेको थिए ।
क्लबका सदस्य सचिव सन्तकुमार महर्जनले अतिथिहरूलाई स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।