श्वेतकाली चपाः छेँ शिलान्यास सम्पन्न
१६ साउन २०८२, काठमाडौं ।
कामपाका मेयर श्री बालेन्द्र शाहबाट का.म.पा. १८ वडा नरदेवीमा अवस्थित श्री श्वेतकाली माईको चपाः छेँ को शिलान्यास (जग सोधन) पूजा विधिवत सम्पन्न भएको छ ।
श्री श्वेतकाली गुथिका मूल धामी लगायत अन्य देवगण तथा गुथियारहरुले तान्त्रिक पूजा सहित सो चपाः छेँको शिलान्यास सम्पन्न भएको थियो ।
शिलान्यास कार्यक्रममा गुठि संस्थान, पुरातत्व विभाग, का.म.पा. सम्पदा विभाग, १८ वडा कार्यालयका वडाध्यक्ष, ज्यापु महागुथि नेपाः, ज्यापु संस्कृति विकास कोष, ङत तुलाधार समाज लगायतका विभिन्न स्थानीय संघ–संस्थाका प्रतिनिधिहरु लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
परम्परागत ङत त्वाः “नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाज“को आयोजनामा भएको यस कार्यक्रममा नरदेवी गुठीका गुथीयार एवं त्वाजःहरुका साथै स्थानीय समाजसेवीहरुको उपस्थति रहेको थियो ।
२०७२ सालको महाभुकम्पबाट क्षति भएको यस मल्लकालिन ऐतिहासिक नरदेवी चपाःछेँको पुनःनिर्माणको निम्ति का.म.पा. को आ.व. २०८१÷८२ को निति तथा कार्यक्रममा झण्डै तीन करोडको बजेट बिनियोजन भएको थियो ।
उक्त चपाः छेँ श्वेतकालीको विभिन्न जात्राको क्रममा विविध क्रियाकलापको लागि प्रयोग गर्दै आइरहेको छ ।