समाचारसंस्कृति

गुरु पूर्णिमाको उपलक्ष्यमा गुरुहरु सम्मानित

काठमाडौं ।२६ असार २०८२,
ज्यापु सँस्कृति विकास कोषद्वारा गुरु पूर्णिमाका अवसरमा आज यहाँका परम्परागत ३२ टोलका गुरुहरुलाई सामुहिक सम्मान गरेको छ ।


कामपाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न २२औं मंका गुरुपूजा नापं २२औं राष्ट्रिय ज्यापु दिवस पाःब्व लःल्हायेगु कार्यक्रममा प्रमुख अतितिबाट भादगाउँले टोपी लगाई दिई सगुन र नगद सहित गुरुहरुलाई सम्मान गरिएको थियो ।


आजकै कार्यक्रममा यस वर्ष यमरी पुन्हिको दिनमा आयोजना हुने २२ औं राष्ट्रिय ज्यापु दिवसको संयोजक नरः त्वाः खलः काेता त्वाः – नरः (हाँडिगाउँ) मा परम्परागत तीन टोल रहेका छन् ः थथु त्वाः, दथु त्वाः र कोता त्वाः – लाई पाःब्व (पालो) हस्तान्तरण गर्दै नगद २ लाखको चेक पनि हस्तान्तरण गरियो । गत वर्ष वतु त्वाः खलःको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डंगोलले जन्मदेखि मरणोपरान्त आवश्यक बाजागाजालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै आएका सम्माननिय सम्पूर्ण गुरुहरु प्रति सम्मान तथा नमन गर्दै आज यी गुरुहरुलाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै खुसी लागेको बताए ।
कार्यक्रममा २२औं राष्ट्रिय ज्यापु दिवसका पाःला नरःत्वाः खलः कोताल टोलका नायः कृष्ण बहादुर डंगोलले त्यस भेगमा हुने परम्परागत सांस्कृतिक कार्यक्रमका बारेमा छोटकरी पौराणिक कथाहरु सुनाउँदै यस वर्ष ज्यापु दिवसको आयोजक हुन पाएकोमा नरः त्वाः खलः धन्य भएको बताए ।
कार्यक्रममा हाँडिगाउँमा हुने ऐतिहासिक जात्रा नर नारायण जात्रा (कहिं नभाको जात्रा हाँडिगाउँमा) का तीन खटहरु मध्ये एक खटको जीवन्त झाँकी पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *