“सिकाई कहिल्यै नसकिने चाहे जुनसुकै क्षेत्र होस्”–राजभाइ सुवाल
८ असार २०८२, काठमाडौं ।
कामपा २३ वडाको सहयोगमा जोरगणेश सामुदायिक सिकाई केन्द्रको आयोजनामा गत जेठ १३ गते उद्घाटन भै शुरु भएको एडभान्स फोटोग्राफी स्कील डेभलपमेन्ट ट्रेनिङ हिजो यहाँ सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कामपा २३ वडाका वडाध्यक्ष मचाराजा महर्जनले प्राविधिक क्षेत्रमा धेरै कुरा सिक्नु पर्ने र सिकाई कहिल्यै नसकिने बताउँदै आफ्नो कार्यकालमै फोटोग्राफी क्षेत्रको विकास र विस्तारको लागि कुनै न कुनै किसिमको व्यवस्था गरेर जाने बताउनु भयो ।

कार्यक्रमका प्रशिक्षक वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले २३ वडा र सिकाई केन्द्रलाई धन्यवाद दिंदै फोटोग्राफी सम्बन्धमा सिक्ने समय कहिल्यै नसकिने बताउँदै आफू पनि अहिलेसम्म सिक्दै आएको बताउनु भयो । मैले जे सिकाए त्यो भन्दा बढी मैले तपाईहरुबाट सिकें पनि भने ।

सिकाई केन्द्रका अध्यक्ष सजनी महर्जनको सभापतित्वमा सन्पन्न सो कार्यक्रममा झण्डै ४० जना फोटोग्राफरहरुको सहभागितामा रहेको थियो ।
फोटोग्राफर सानुकाजी महर्जनको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा प्रशिक्षार्थीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।