यातायात व्यावसायीले आन्दोलन फिर्ता लिए
यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् यससँगै अब बेलुकादेखि नै गाडी चल्ने व्यवसायीले बताएका छन् ।
गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको सार्वजनिक यातायात केन्द्रित महासंघका महासचिव भरत नेपाल नेपाल बताए ।उनले भने, ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।