संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न
संसारकै सबैभन्दा लामो र सबैभन्दा ठूलो दावी गरिएको सांगितिक अवार्ड कार्यक्रमको तेश्रो संस्करणको संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड भव्य रुपमा शनिवार सम्पन्न भएको छ । कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार क्रियशन्स नेपालको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा तेश्रो संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड बृहत रुपमा सम्पन भएको हो ।
बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो समारोहमा लेखक, निर्देशक तथा साहित्य अन्वेषक प्रकाश सायमी, नेपालका अग्रज अभिनेताहरु रबिन्द्र खड्का, धिरेन शाक्य र सिमान्त उदास, गायिका देबिका बन्दना, गीतकारहरु भुषण खरेल, बुद्ध बीर लामा, साहित्यकार बिक्रम भक्त जोशी, नृत्य निर्देशक भुवनदास श्रेष्ठ लगायत विशेष अतिथि रहेका थिए । उक्त नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड अन्तर्गत ३१ विधामा १७२ वटा अवार्ड प्रदान गरिएको थियो ।
त्यस्तै, नेपाली तथा नेपालभाषाका गीत–संगीतको क्षेत्र पचासौं बर्षदेखि अनवरत् क्रियाशील गायक तथा संगीतकार रत्न बेहासीलाई नगद २५ हजार राशी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो भने अग्रज स्रस्टा पवन जोशीलाई नगद १५ हजार सहित मल्टि मिडिया स्टार प्रदान गरिएको थियो । अवार्ड कार्यक्रममा नेपालभाषा म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न तुलाधरलाई आधिकारिक सम्मान सहितको अवार्ड प्रदान गरिएको थियो ।