श्री हल्चोक भैरवको जात्रा हल्चोक मन्दिर परिसरमा समापन
बैशाख १ गतेदेखि शुरु गरिएको श्री आकाश भैरवको १२ वर्षे जात्रा हिजो विधिवत समापन गरिएको छ । उक्त समापन समारोहमा बाजागाजाका साथ देवगणहरु आकाश भैरव मन्दिर परिक्रमा गरेका थिए । उक्त समारोहमा गूथिको पञ्चबलि सहितको मूल पूजा पनि गरेका थिए भने भक्तजनहरुले पनि पूजा आजा गरेका थिए ।
कार्यक्रमको अन्तमा भक्तजनहरुलाइ प्रसाद पनि वितरण गरिएकाे थियाे।