जात्रा पर्वसमाचारसंस्कृति

हल्चोक आकाश भैरव १२ वर्षे जात्राको समापन सम्पन्न


२० जेठ २०८२, काठमाडौं ।
गत बैशाख १ गतेदेखि ३१ गतेसम्म संचालन भएको परम्परागत श्री हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा भव्यरुपमा सम्पन्न भएको शुभ अवसरमा गत शनिवार क्षमा पूजा, सम्मान कार्यक्रम तथा प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।


श्री हल्चोक आकाश भैरव समाजका अध्यक्ष शेरबहादुर पुतुवारको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर सुशिला अधिकारीले जात्रामा देवता भएका व्यक्तिहरु, गुथियारहरु, दाताका साथै प्रचार प्रसारमा सहयोग गर्नुहुने संचारकर्मीका साथै विभिन्न किसिमले सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान गरिएको थियो ।


समाजका उपाध्यक्ष जीवन पुतुवारले स्वागत मन्तब्यको क्रममा जात्रा सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग पाउने आशा गरेको बताउनुभयो ।
समाजका अध्यक्ष शेर बहादुर पुतुवारले आफ्नो भनाई राख्ने क्रममा जात्राको लागी धेरै कठिनाई भोग्दै जात्रा सम्पन्न गर्न सकेको बताउँदै कठिनाईलाई सहज बनाउन सहयोग गर्ने कामपा र नागार्जुन नपालाई धन्यवाद व्यक्त गर्नुभयो र जात्रा शुरुहुनुभन्दा अघिदेखि सक्रिय रही जात्रा सम्पन्न गर्ने गुथिका नायः लगायत सम्पूर्ण सदस्यहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा श्री हल्चोक आकाश भैरवनाथ गुथिका अध्यक्षद्वय सागर पुतुवार र सुरज पुतुवार, कामपा १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन लगायत विशिष्ट व्यक्तित्वहरु लगायत विभिन्न स्थानमा सम्पन्न जात्राका आयोजकहरु, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *