जात्रा पर्वसमाचारसंस्कृतिस्थानिय समाचार

पानेजुद्वारा किर्तिपुरको याक: मिसालाइ मछिन्द्रनाथको प्रसाद बितरण

१२ जेष्ठ २०८२, काठमाडौं ।
आज बुंगद्यःका जल पानेजु कीर्तिपुरको प्यंगःथांमा परम्परागतरुपमा हिँडेरै पुगी फूल प्रसाद वितरण गरिने परम्परालाई निरन्तरता दिएको छ ।


बुंगद्यः (रातो मत्स्येन्द्रनाथ)को रथ ईटी टोलदेखि जावलाखेलसम्म पु-याउने साइत निकालिएको ४ दिन अघि जल पानेजुद्वारा कीर्तिपुरको प्यंगःथांमा कीर्तिपुरका याकःमिसालाई फूल प्रसाद दिन जाने परम्परा रहिआएको छ । यस प्रकार बुंगद्यःको साथसाथै मीननाथको फूल प्रसाद पनि दिने गरिन्छ ।

यस वर्ष बुंगद्यः (रातो मत्स्येन्द्रनाथ)को रथ ईटी टोलदेखि जावलाखेलसम्म पु-याउने साइत जेठ १५ गते निकालिएकाे थियाे । १५ गते रथ जावलाखेल पुगेमा १८ गते भाेटाे जात्रा लगायत अन्य परम्परागत कार्यक्रमहरू सम्पन्न गरी साेही दिन रातो मत्स्येन्द्रनाथलाइ रथबाट सानाे खटमा राखी जात्रा गर्दै बुंगमतीमा लगिनेछ ।

यस वर्ष कीर्तिपुरका कन्या स्वरुपा याकःमिसा ७७ वर्षीय लक्ष्मी कुमारी प्रधानलाई फूल प्रसाद दिएपछि अन्य भक्तजनहरूलाई पनि फूल प्रसाद दिए भने भक्तजनहरूले पनि आफ्नो गच्छे अनुसार आफूले उत्पादन गरेका वस्तुहरू धान, चामल, गहुँ, मकै आदि भगवानलाई चढाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *