श्रावण ३१ गते कृष्णाष्टमीका दिन “न्हापाँगु मिसा गुँलाबाजं ब्वज्या,
११४५” हुने
२२ साउन २०८२, काठमाडौं ।
ने.सं. ११४५ गुँलागा कृष्णाष्टमी (वि.स. २००२ साल श्रावण ३१ गते) शनिबारका दिन नेपालको इतिहासमै पहिलो पटक महिला गुँलाबाजं प्रदर्शनी हुने भएको छ ।
“न्हापाँगु मिसा गुँलाबाजं ब्वज्या, ११४५” नामकरण गरी काठमाडौं महानगर पालिका १८ वडाको आयोजनामा ङत तुलाधर समिति गुँलाबाजं उपसमितिको व्यवस्थापनमा उक्त कार्यक्रम राष्ट्रिय सभागृहमा हुन लागेको हो ।
कामपा १८ वडाका वडाध्यक्ष न्हूच्छेकाजी महर्जनको सभापतित्वमा हिजो सम्पन्न पत्रकार सम्मेलनमा सम्बोधन गर्दै सँस्कृति सम्पदा संरक्षण र सम्बद्र्धनका लागि वडा सदा तत्पर रहेको बताउँदै तपाईहरुको साथ र सहयोगको अपेक्षा राखेको बताए ।
उक्त कार्यक्रममा ङत तुलाधर समिति गुँलाबाजं उपसमितिका पूर्णरत्न तुलाधरले यस कार्यक्रमले लिएको मुख्य उद्देश्य भनेको नेवाः महिलालाई नेवाः संस्कृतिको जगेर्नाको लागि घच्घच्याउँदै हाम्रो परम्परागत संस्कृति र चिनारीलाई संरक्षण गर्दै पुस्तान्तरण गर्दै जाने उद्देश्य रहेको बताए ।
उक्त कार्यक्रममा ङत तुलाधर गुँलाबाजं खलः, कीर्तिपूण्य महाविहार कोहिति शाक्य सर्वसंघ, केशचन्द्र गुँलाबाजं खलः, चारुमति गुँलाबाजं खलः, असं बाज गुथि, तेबहाः गुँलाबाजं खलः, ॐ बहाः गुँलाबाजं खलः, न्यागमणि फेदी मानन्धर गुथि, पाक्व पुखुद्याँ मानन्धर सनाः खलः, जनबहाः गुँलाबाजं कसाः तःध गुथि, त्यंघः त्वाः कुमाः खलः, धर्मचक महाविहार व्यवस्थापन समाज, भिंद्य गुथि, किर्तिपूण्य महाविहार गुँलाबाजं खलः, गुँलाबाजं खलः नरः, चस्वाँद्व मानन्धर सनाःगू खलः, श्री स्वयम्भू गुँलाबाजं खलः, थँहिति मानन्धर गुथि, स्थापित खलः, श्री रत्नमण्डल महाविहार सर्वसंघ, लाय्कुसाः मानन्धर समाज, मानन्धर सनाःगु खलः न्हूसाः, ताम्राकार गँुलाबाजं खलः, जय बामेश्वरी धाः बाजं खलः र दैसाः टोल मानन्धर समाजको सहभागिता रहने बताए ।